मन्थली – आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड-माधव समूहले आमहड्ताल सफल बनाउन मन्थलीमा नयाँ शैली अपनाएका छन् । प्रचण्ड-नेपाल समूहले सरकारको विरोधमा आम हड्ताल सफल पार्न आग्रह गर्दै बिहीबार बिहान मन्थली बजारको सडक सफाई गरेका हुन्।
प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधिन भएको अवस्थामा सरकारले संवैधानिक नियुक्ति र जिम्मेवारी दिएपछि यो समूह आन्दोलित बनेको छ।
नेकपाका रामेछाप जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य देवशंकर पौडेल, सह ईञ्चार्ज श्यामकुमार श्रेष्ठ, जिल्ला अध्यक्ष मैनकुमार मोक्तान, पूर्वसांसद तारानाराण श्रेष्ठसहितका जिल्लाका शीर्ष नेता तथा कार्यकर्ताहरुले बजार सरसफाई गरेका हुन्।
उनीहरुले झाडु, कुचो लिएर सडक सफाईमा लागेपछि स्थानीयले पनि सहयोग गरेका थिए। बन्दकर्ताहरुले बजार सरसफाई पश्चात सडकको बीचमा बसेर नाचगान र प्रदर्शन गरेका हुन् ।
बन्दले जनजीवन प्रभावित बनेपनि सरसफाई गरेर रचनात्मक रुपमा विरोध गरिएकोमा प्रशंसा गरिएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३