वीरगंज – देशको सिमानाकामा मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीको मिलोमतोमा पर्सा जिल्ला ब्यापकरुपमा तस्करी शुरु भएको छ।
पर्सा जिल्लामा रहेको सिमानाकाहरुवाट तस्करहरूले सशस्त्र प्रहरी वीरगंज भन्सार, सबैठवा , भिस्वा , भिखमपुर, र्मिजापुर, महादेव पर्टी नाकामा रहेको विओपीको सहयोगले भारतवाट लत्ताकपडा , हाडयेवर, जुत्ता चप्पल , रजनिगंधा राजनिवास ,गाई , भेैसी , रङ्गगा नेपाल भित्राउने गरेका छन भने नेपालबाट केराऊ, छोकडा, मरिच भारततर्फ तस्करहरुले सिमानाकाहरुबाट ब्यापकरुपमा भित्राउने गरेको छ।
सशस्त्र प्रहरी प्रदेश २ प्रमुख डिआईजी चन्द्रप्रकाश गौतमले तस्करीमा कडाई गर्न निर्देशन दिएपछि पर्सा जिल्लामा तस्करीबन्द भएको नाटक देखाउनको लागि किसानहरुले ल्याएको मल खाघ, प्याज , अालु , चामल , घरयासी किराना सामानहरु धमाधम पक्राउ गरि भन्सार बुझाउने गरि मात्र सर्वसाधारणहरुलाई दु:ख दिने गरेको स्थानीय बताउछन।
सराकरले सशस्त्र प्रहरीलाई सिमानाका हुने अवैध तस्करीहरुलाई रोक्नको लागि खटाईको हुन्छ । सशस्त्र प्रहरी बल बिओपी प्रमुखहरुले मोटो रकमको नजराना बुझि व्यापक रुपमा तस्करीको लाईन दिएर तस्करी गराउदै आएको नाम नखुलाउने सर्तमा एक सशस्त्र प्रहरीले बताए।
सशस्त्र प्रहरीको सहयोगले अहिले पर्सा जिल्लाको यि नाकाहरुबाट सिमानाका हुदै नुन देखि सुन काठमाडौँसम्मको तस्करहरुले तस्करी गरि पुर्याउने गरेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३