काठमाडौं -प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहसका लागि सरकारी वकिललाई समय तोकेका छन् । आइतबारदेखि सरकारी वकिलले बहसका लागि बढीमा १५ मिनेट मात्रै पाउने भएका हुन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहसका लागि सरकारी वकिललाई समय तोकेका छन् । आइतबारदेखि सरकारी वकिलले बहसका लागि बढीमा १५ मिनेट मात्रै पाउने भएका हुन्।
जबराले शुक्रबारको इजलास अन्त्य गर्दै भने, ‘ल आजलाई यति गरौं, आइतबारदेखि तपाईहरुले १० देखि १५ मिनेटमा सक्नुपर्छ है। प्रधानमन्त्रीको तर्फबाट पनि धेरै जना हुनुहुन्छ।’
विघटनको मुद्दामा सरकारको तर्फबाट शुक्रबार लोकराज पराजुली, खेमराज ज्ञवाली, संजीवराज रेग्मीले बहस गरेका छन्।
सरकार पक्षको बहस सोमबारदेखि सुरु भएको हो। हालसम्म सरकार पक्षका ८ जनाले बहस गरेका छन् । यसअघि महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, नायव महान्यायाधीवक्ताहरु पदमप्रसाद पाण्डेय, नारायण पौडेल, विश्वराज कोइरालाले बहस गरेका थिए। यस्तै प्रधानमन्त्रीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि बहस गरिसकेका छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३