काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संविधानमा व्यवस्थै नभए पनि संसद सवकटन भएको इतिहास संसारमै कतै भए देखाउन सरकारी वकिललाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा जारी बहसमा प्रधानन्यायाधीश जबराले संसदीय व्यवस्था भएका संसारका दुई सय मुलुकमध्ये कुन देशमा संविधानमै नभए पनि प्रधानमन्त्रीले संसद विघटन गरेको उदाहरण प्रस्तुत गर्न भनेका हुन् ।
रिट निवेदकका तर्फबाट बसहमा लिखित संविधान भएको मुलुकमा कार्यकारीले संविधानमा लेखेको बाहेक काम गर्न नमिल्ने विषय उठेको भन्दै राणाले संविधानमै नल मा संसदीय व्यवस्था भएका मुलुकमा संविधानमै नभए पनि प्रधानमन्त्रीले विशेषाधिकार प्रयोग गरी संसद विकटन गर्न पाउने जिकिर गर्दै त्यसको लाभ हानीको भागिदारी प्रधानमन्त्री स्वयं हुने तर्क गरे्पछि प्रधानन्यायाधीश राणाले त्यस्तो एउटा मुलुक देखाउन आग्रह गरेका हुन् ।
‘संविधानमा नलेखी विघटन भएको एउटा घटना आफुलाई बताउन सरकारको प्रतिरक्षामा बहस गरेका सह–न्यायाधिवक्ता सञ्जिवराज रेग्मीलाई आग्रह गरेका थिए ।
‘संविधानमा नलेखेको, विघटनको अधिकार प्रधानमन्त्रीमा नराखेको, तर संसदीय मूल्य र मान्यताको आधारमा विघटन भएको उदाहरण छ कि छैन ?’ राणाले सोधे । तर, रेग्मीले आफूले त्यस्तो उदाहरण कतै नेदेखेको जवाफ दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३