विराटनगर – नेकपाको ओली समूहले प्रदेश नम्बर–१ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।
सत्तापक्षले नै संसदमा अवरोध गरेपछि विपक्षी रिसाएका छन् । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन नदिन सत्ता पक्षले संसद बैठक अवरुद्ध गरेको हो । बैठक सुरु हुनासाथ ओली समूहका सांसद उठेर नाराबाजीमा उत्रिएका थिए ।
अवरोधको स्थितिमा संसदको कारबाही अगाडि बढ्न नसक्ने भन्द्र सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगनको घोषणा गरे । अर्को बैठक आगामी ९ फागुनमा बस्ने गरी भण्डारीले आइतबारको बैठक स्थगन गरिएको बताए ।
बैठक अवरुद्ध गरिएपछि अविश्वास प्रस्ताव दर्ता हुन सकेन । नेकपाको प्रचण्ड–नेपला समूहले राईविरुद्ध अविश्वास प्रस्ताव पेश गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३