काठमाडौँ – नेकपाको केपी ओली समूहका युवाले २२ माघमा राधजानीमा गरेको मोटरसाइकल र्यालीमा नारा लगाए ‘आई लभयू ओली बा’ ।
ओली समूहका अधिकांशले ओलीलाई ‘बा’ भन्ने गरेको भन्दै माधव नेपालले पार्टी विभाजनअघि नै ओलीको आलोचना गर्दै आएका छन् । कम्युनिष्ट आन्दोलनमा कोही ‘बा’ नहुने, कमरेड हुने तर्क नेपालको छ । तर, ओलीलाई उनका समूहका धेरैले ‘बा’ भन्छन् । प्रचण्ड–नेपाल समूह समर्थित अनेरास्ववियुले आइतबार केपी ओलीले असंवैधानिक संसद विकटनविरुद्ध सिंहदरबार घेराउ गर्यो ।
घेराउका क्रममा उनीहरुले नारा लगाए, ‘वी हेट यू’ केपी ओली । सह–संयोजक रञ्जित तामाङ नेतृत्वमा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउन ठूलो संख्यामा गएका विद्यार्थीलाई प्रहरीले सिंहदरबार गेटमै रोकेको थियो । त्यसपछि उनीहरुले कार्यक्रमलाई सिंहदरबार घेराउ कार्यक्रममा बदले ।
विद्यार्थीहरुले प्रतिगमन मूर्दावाद, असंवैधानिक ‘कू’ खारेज गर, केपी तेरो पाराले दुःख पाए साराले, केपी ओली कायर छ, सारा जनता फायर छ, विदेशी हस्तक्षेप बन्द गर, ‘वी हेट ओली, फाल्नेछौ भोलि’ जस्ता नारा लगाएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३