काठमाडौ – नेकपा प्रचण्ड-माधव पक्षले आयोजना गरेको विरोध सभामा सम्बोधनका लागि कार्यक्रम सञ्चालकले नेतृ रामकुमारी झाँक्रीलाई बोलाउँदा चर्को हुटिङ भएको छ ।
सभालाई सम्बोधन गर्दै झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कागजी बदशाहको संज्ञा दिदै उनी ढलिसकेको बताइन् ।
उनले संविधानको चीरहरण गर्नेविरुद्ध बोल्न पाइन्छ भन्दै अँध्यारोमा षड्यन्त्र गर्नेहरुविरुद्ध बोल्न कसैले रोक्न नसक्ने चेतावनी दिइन् । उनले राष्ट्रपति संस्था सम्माननीय भएपनि त्यो संस्थामा रहेका व्यक्तिले गर्ने षड्यन्त्र विरुद्ध बोल्न कसैले रोक्न नसक्ने चेतावनी दिइन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३