काठमाडौँ – सरकारले कोभिड–१९ विरुद्धको खोप दोस्रो मात्रा पहिलो मात्रा लगाएको दुईदेखि तीन महिनाभित्र दिने तयारी थालेको छ । यसअघि दोस्रो मात्रा चार सातापछि लगाउनुपर्ने तय भए पनि ढिलो लगाउँदा राम्रो नतिजा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सल्लाहकार समूहले समेत दुई खोपबीचको समय बढाउन प्रस्ताव गरिसकेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहले बताए । ‘खोप कार्यक्रमको हिसाबले सजिलो हुने गरी दोस्रो मात्रा खोप २ देखि ३ महिनाभित्र लगाउने तयारी थालेका छौँ,’ उनले भने । यसबारे आइतबार मन्त्रालयले निर्णय गर्ने स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ ।
कोभिसिल्ड खोप उत्पादन गर्ने सिरम इन्स्टिच्युट आफ इन्डियाको तथ्यपत्रमा खोपको पहिलो मात्रा ०.५ मिलि लगाएपछि दोस्रो मात्रा ४ देखि ६ सातामा दिन सकिने उल्लेख छ । सिरमको प्रतिवेदनमा विदेशमा भएका अध्ययनहरुमा उपलब्ध तथ्यांक र जानकारी अनुसार पहिलो मात्रा लगाएको १२ सातासम्म दोस्रो मात्रा दिन सकिने जनाइएको छ ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३