काठमाडौं – भागरथी भट्टको बलात्कारपछि हत्याका आरोपी पत्ता लगाउन सफल भएपछि सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदी चर्चाको शिखरमा छन् । उनी आफै बैतडी पुगेर घटनास्थलमै खटिएर अनुसन्धान सफल बनाए ।
एक हप्तासम्म बैतडीमै डिआइजी सुवेदी बसे । कामप्रति कटिवद्ध भएर खटिने सुवेदीको कार्यशैलीका कारण अब कञ्चनपुरमा दुई वर्ष अघि भएको निर्मला पन्तको हत्याको अनुसन्धान पनि सफल हुनसक्ने आशा गर्न थालिएको छ ।
भागरथीको हत्या प्रकरण पनि सुदूरपश्चिममै हुनु र निर्मला पन्तको हत्या पनि त्यही क्षेत्रको कञ्चनपुरमा भएको थियो । डिआइजी सुवेदी सुदूरपश्चिमका प्रदेश प्रहरी प्रमुख भएर गएकाले उनले अब निर्मला पन्तका हत्याका दोषीलाई पक्राऊ गर्न सक्ने आशा बढेको हो ।
सुवेदीले प्रहरीको दृढ विश्वास र निरन्तरको मिहेनतले भागरथी हत्या प्रकरणको अनुसन्धानमा सफलता हासिल भएको बताएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३