कबिता - छुटेछ साथ
- अन्जना ताम्राकार

जिन्दगी को यात्रामा
संगै हिँडदै गर्दा कता
छुटेछ साथी फर्कि हेर्दा
पाए सुनसान र सन्नाटा

झस्के तर्से हेरे यता-उता
बोलाए चिच्याएर फुटाइ घोक्रा
चारैतिर खोजे रोई कराई भेट्ने आसमा
गएको रहेछ छोडी बिच बाटोमा

अचानक रूख ढली
बिचल्लीमा परेका चराहरू झैं परे म अलमलमा
घायल मृग झैं छटपटीदै पिडामा
हराए दुखले भरेको जगंलमा

हरपल हराइ रहेकी छु तिम्रै सपनामा
अल्झि तिम्रै यादको जालोमा
बिच्छ्याई आँखा क्षितिजमा
तिमी फर्कि आउने आसमा

– अन्जना ताम्राकार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार