काठमाडौँ – सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी संसद् विघटनसम्बन्धी मुद्दामा बहस सकिएको छ ।
एमिकस क्युरी गीता पाठक संग्रौलाले शुक्रबार आफ्नो राय दिएपछि बहस सकिएको हो । यसअघि आइतबारबाट बिहीबारसम्म चार एमिकस क्युरीले आफ्नो राय दिएका थिए ।
इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बहस सकिएपछि १० फागुनभित्र बहस नोट दिन रिटका दुवै पक्षका कानुन व्यवसायी तथा एमिकस क्युरीलाई आग्रह गरेका छन् ।
जबराले ११ वा १२ गतेसम्ममा संसद विघटनबारे अन्तिम फैसला दिने बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३