गुल्मी – नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य गोकर्ण विष्टले नेकपाले प्राप्त गरेको दुई तिहाई बहुमत प्रधानमन्त्री ओलीले आफ्नो उत्तेजना र महत्वकांक्षाका लागि दुरुपयोग गरेको बताएका छन् ।
गुल्मीको तम्घासमा आफू पक्षधर युवा–विद्यार्थी भेलालाई सम्बोधन गर्दै विष्टले ओलीले समृद्धिको नारा लगाएर संविधान र व्यवस्था धरापमा पारेको आरोप लगाए । ओलीले जनतालाई निर्वाचनका बेला समृद्धिको चास्नी देखाएकार अराजकता निम्त्याउको टिप्पणी विष्टको छ । विष्टले ओलीको अन्त्य दुःखद हुने भन्दै सत्तामा धेरै दिन नटिक्ने ठोकुवा गरे ।
सूर्य चिन्ह नपाउने भएपछि ओलीले निर्वाचन आयोगलाई धम्क्याएको भन्दै विष्टले ओली सरकारलाई नागरिकको भन्दा आफ्नै सत्ता टिकाउने चिन्ता रहेको टिप्पणी गरे । बहुमत केन्द्रीय सदस्य आफूहरुतिर रहेकाले सूर्य चिन्ह र नेकपाको आधिकारिकता स्वतः आफूहरुकै हुने दाबी विष्टले गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३