काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनलाई प्रधानमन्त्री केपी ओलीले प्रजातन्त्र दिवसको दिन अपमानजनक व्यवहार गरेका छन् ।
प्रजातन्त्र दिवस मनाउने क्रममा सहिद मञ्च टुँडिखेलमा पुगेका राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्री एउटै मञ्चमा थिए । तर प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुनप्रति सामान्य शिष्टाचार पनि पूरा नगरी अपमानजनक व्यवहार गरेका हुन् ।
फागुन ७ गते टुँडिखेलमा प्रजातन्त्र दिवसको कार्यक्रम सकिएर राष्ट्रपति विद्यादेवी भण्डारी फर्केपछि प्रधानमन्त्री ओली र उपराष्ट्रपति पुनबीच केही कुराकानी भएको थियो । कुराकानीका क्रममा ओलीले पुनलाई अपमानजनक व्यवहार गरेको स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुन बसेको आसननजिकै गएर सार्वजनिक रूपमै राजनीतिक भाषण गरेको भन्दै उनीप्रति असन्तुष्टि पोखेका थिए ।
उपराष्ट्रपति पुनले आफूले कुनै पनि प्रकारको राजनीतिक भाषण नगरेको र आवश्यक परे भाषणको विषयवस्तु नै पठाउन सक्ने बताए पनि ओलीले असन्तुष्टि व्यक्त गरेका थिए । ओलीले पुनसँग प्रतिवाद गर्न खोजेको हो त भनेर प्रश्न गरेका थिए । त्यसपछि उपराष्ट्रपति पुनले तपाईंचाहिँ संविधानविपरीत काम गर्दै हिँड्ने भनेपछि ओली आफ्नो आसनतिर गएका थिए ।
उपराष्ट्रपति पुन र प्रधानमन्त्री ओलीबीचको संवाद सुनिरहेका सभामुख अग्नि सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले भने असजिलो महसुस गरेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३