ललितपुर – ललितपुरको जावलाखेलमा सोमबार बसले किच्दा स्कुटर चालकको ज्यान गएको छ ।
प्र ३–०२–०१०प५५८९ नम्बरको स्कुटर चालक उदयपुर घर भइ हाल ललितपुर बस्ने २३ वर्षीया सिर्जना राईको मृत्यु भएको हो । उनलाई बा २ ख ३५७४ नम्बरको बसले किचेको थियो । गम्भीर घाइते राईको अल्का अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरी चेकिङबाट बच्न स्कुटर भगाउन खोज्दा अनियन्त्रित भई स्कुटर पल्टिएको र पछाडिबाट आउँदै गरेको बसको चक्काले राईलाई किचेको प्रहरीले जनाएको छ । तर, प्रत्यक्षदर्शी र मृतकका आफन्तले भने राई भाग्न खोज्दा ट्राफिक प्रहरीले पछाडिबाट स्कुटर तानेको र सोही क्रममा राई लडेको बताएका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले सवारी चालक अनुमतिपत्र नभएका कारण ट्राफिक चेकिङबाट जोगिन हतास भएर भागेकी राईको स्कुटर अनियन्त्रित भएर पल्टिएको बताइन् । यसैबीच प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३