काठमाडौं – एमिकस क्युरीको तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय दिएपछि शुक्रवार प्रधानन्यायाधीशले भने–‘फागुन १० सम्म बहस नोट बुझाइ दिनुहोला ।’
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १३ वटा रिट, निवेदन दर्ता भएका थिए । कसैले एकल र कसैले संयुक्त निवेदन दर्ता गराएका थिए ।
प्रधान न्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा पाँच जनाले सो मुद्धाको सुनुवाई गरेका छन् । न्यायाधीशहरु विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीले सो मुद्धाको सुनुवाई गरेका हुन् ।
फैसला गर्ने दिन नतोकेको हुनाले बेन्चमा सर्वसम्मत नहुन्जेलसम्म फैसला लम्बिन पनि सक्छ । तर, सर्वसम्मत हुन नसकेमा पाँच मध्ये तीनजना न्यायाधीशको बहुमतले फैसला गर्न सक्ने कानुनी ब्यवस्था छ ।
निवेदकका तर्फबाट ७२ जना वकिलले बहस गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेल सहित ११ जना सरकारी वकिल र ३२ जना निजी कानुन व्यवसायीले बहस गरेका छन् । प्रधानमन्त्रीको पक्षबाट बहस गर्न १ सय ७५ जना वकिलले वकालतनामा बुझाएका थिए । तर, सवैले बहस गरेनन् ।
नेपाल बार एसोसिएसनबाट ३ जना र सर्वोच्च अदालत बार एसोसिएसनबाट २ जना एमिकस क्यूरीले आफ्नो राय दिएका छन् । वरिष्ठ अधिवक्ता बिजयकान्त मैनाली बाहेक चारजना एमिकस क्युरीले ‘विघटन असंवैधानिक रहेको’ राय दिएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३