काठमाडौँ – नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।
गौतमले प्रतिनिधिसभा बैठक अगाडि नै ओलीले राजीनामा दिएर अर्को प्रधानमन्त्री चुन्न सहयोग गर्नुपर्ने बताए ।
‘अब पार्टी एकता गर्ने र पार्टी एकताको आधारमा नेकपाकै प्रधानमन्त्री बनाउने हो । केपी ओली अब प्रधानमन्त्री बन्न सक्नु हुन्न । उहाँले नैतिकताको आधारमा संसद् बैठक अगाडि नै राजीनामा दिनु पर्छ,’ गौतमले भने, ‘प्रतिनिधिसभा पुर्नस्थापना भएपछि बैठकमा गएर उहाँले सम्बोधन गर्नुपर्छ । म संविधानसभा सदस्यको नाताले मैले आफ्नो भूमिका निर्वाह गर्छु । यो संसद्ले अर्को प्रधानमन्त्री चुनोस् । अब म प्रधानमन्त्रीको उम्मेद्वार हुँदिन भनेर सम्बोधन गर्नुपर्छ ।’
सर्वोच्च अदालतले संविधानको मर्म र भावना बमोजिम फैसला गरेर संविधानलाई जोगाएको उनले बताए ।
‘सर्वोच्च अदालतको फैसला नेपालको संविधानको मर्म र भावना बमोजिम छ । मैले केपीको कदमलाई असंवैधानिक र प्रतिगामी भनेको थिए । मेरो भनाई, संविधानको भावना अनुरुप सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला गरेको छ,’ गौतमले भने, ‘इजलासमा बसेका सबै न्यायधीशहरु धन्यवादका पात्र हुनुहुन्छ । उहाँहरुले नेपालको संविधानलाई पुर्नस्थापित गर्नु भएको छ । नेपालको संविधानको रक्षा भएको छ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३