काठमाडौं – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आज प्रतिनिधि सभा बैठकका लागि भएको तयारीको अवलोकन गर्ने भएका छन् । आज दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा गएर प्रतिनिधि सभा बैठकका लागि भइरहेको तयारी बारे स्थलगत अवलोकन गरि जानकारी लिने सभामुख सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।
सर्वोच्च अदालतले गत फागुन ११ गते प्रतिनिधिसभा पुर्नस्थापना गर्दै १३ दिनभित्र बैठक सञ्चालन गर्न निर्देशन दिएको थियो । सो निर्देशन अनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते दिउसो ४ बजेका लागि प्रतिनिधि सभाको सातौं अधिवेशन आह्वान गरेकी छिन् ।
अदालतले संसद पुन:स्थापना गर्ने आदेश दिएपछि संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठकका लागि प्रशासनिक, भौतिक तथा प्राविधिक तयारी थालेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३