काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको विप्लव समूहले वार्ता टोली गठन गरिसकेको जानकारी प्राप्त भएको छ । विप्लव समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको हो ।
वार्ता टोलीमा प्रकाण्डका अलावा दिपक चलाउने छन् । सरकारसँग वार्ताका लागि ८ फागुनमा विप्लवले प्रेस वक्तव्यमार्फत् वातावरण बनाउन आग्रह गरेका थिए । वार्ताको पहल भइरहँदा विप्लवको विज्ञप्ति आएको थियो ।
आज सरकारका तर्फबाट गृहमन्त्री बादलको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई सदस्य रहेको वार्ता टोली गठन भएको थियो । अब सरकार र विप्लव समूहबीच वार्ता हुने भएको छ ।
वार्ताका लागि विप्लव समूहले जेलमा रहेका नेता कार्यकर्ताको रिहा र मुद्दा फिर्ताको पहिलो सर्त सारेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३