काठमाडौं – सरकारले ५० लाख डोज कोरोना भाइरसविरुद्धको खोप खरिद प्रक्रिया शुरु गरेको छ । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले यसबारे जानकारी दिएका हुन् ।
आज प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगतको उपसमितिमा बोल्दै उनले ५० लाख डोज खोप किन्ने प्रक्रिया शुरु गरिएको बताएका हुन् । उनले खोपको अभियानलाई अगाडि बढाउन खरिद गर्न लागिएको बताए ।
भारतबाट अनुदानको खोप आइसकेको छ । चीन र बेलायतबाट पनि अनुदानको खोप आउने क्रममा छ । यी बाहेक सरकारले ५० लाख डोज खोप खरिद गर्न लागेको हो । एक करोडभन्दा बढी डोज खोप जम्मा गरी खोप अभियानलाई गति दिइने जानकारी दिइएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमन सिंहले जेष्ठ नागरिकबाट खोप अभियान शुरु गर्ने जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३