काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । उक्त बैठकमा अब संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गरिने बुझिएको छ। स्रोतकाअनुसार कांग्रेसले नेकपा दाहाल–नेपाल समूह र जसपा नेपालसँगको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ । त्यही विषयमा आज सभापति शेरबहादुर देउवाले ब्रिफिङ गर्ने भएका छन् । भोलि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
हिजोमात्रै सभापति देउवाले चितवनको एक कार्यक्रममा आफू प्रधानमन्त्री खोज्दै नहिँड्ने तर अवसर आए नछोड्ने प्रतिक्रिया दिएका थिए । उनले कांग्रेसले प्रधानमन्त्री नमाग्ने तर अवसर आए नभाग्ने भनेर अर्थपूर्ण अभिव्यक्ति दिएका थिए । सर्वोच्च अदालतको फैसलाअनुसार सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते अपरान्ह ४ बजे संसद बैठक बस्दैछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३