काठमाडौं – नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच तीन बुँदे सहमति भएको छ। सहमतिको विस्तृत विवरणसहित आज एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव विप्लवले सम्बोधन गर्ने भएका छन्। बिहीबार जारी प्रेस नोटमा उल्लेख भए अनुसार आज २ बजे प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चमा सम्बोधन गर्ने कार्यक्रम रहेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको वार्तामा सरकार र विप्लवबीच तीन बुँदे सहमति भएको हो। सरकारसँग तीन बुँदे सहमति भएपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमति भएको छ। सहमतिसँगै सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध पनि हटाएको छ।
सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई आजबाट छाड्ने भएको छ । गृहको परिपत्र अनुसार उनीहरुलाई छाड्न लागिएको हो । परिपत्र अनुसार आज समूहका उपल्ला नेताहरुमध्ये धर्मेन्द्र बास्तोला, वीरजंग चन्द, ओम पुन र माइला लामालगायतलाई छाड्ने तयारी रहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३