काठमाडौं – नेपाली काँग्रेस संसदीय दलको बैठक आज अपरान्ह २ बजे बस्दैछ । आजको बैठक निकै महत्वपूर्ण हुनेछ ।
आजको बैठकमा काँग्रेसले नेतृत्व पाए सरकारमा जाने निर्णय लिनसक्ने बुझिएको छ । अहिले नेकपाको दाहाल नेपाल समूहले काँग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्वको प्रस्ताव गरेको छ । तर, काँग्रेसभित्र सरकारमा जान हुने र नहुने दुई पक्षधर देखिएको छ ।
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सरकारमा जान नहुने पक्षमा छन् । देउवा भने अवसर आए नभाग्ने भन्दै सरकारमा जान तयार देखिएका छन् ।
काँग्रेसको विधानमा संसदीय दलको नेता नै प्रधानमन्त्री बन्न सक्छन् । देउवा संसदीय दलको नेता छन् । उनको पक्षमा पार्टी संसदीय दलमा स्पष्ट बहुमत छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३