काठमाडौं – प्रधानमनत्री केपी शर्मा ओली र प्रधानमन्त्री पत्नी राधिका शाक्यले कोभिडको दोस्रो चरणको खोप लगाएका छन् । उनीहरुले आज त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पुगेर खोप लगाएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएअनुसार प्रधानमन्त्री ओलीले खोप लगाएपछि सबैलाई यस अभियानमा सहभागी हुनपनि आह्वान गरेका छन् ।
थापाले लेखेका छन्–”प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो चरणको खोप अभियानको आज त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा खोप लगाएर शुभारम्भ गर्नुभएको छ ।
उहाँले सबैलाई यस अभियानमा सहभागी हुन आह्वान पनि गर्नुभयो ।”
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३