काठमाडौँ – प्रधानमन्त्री केपी ओलीविरुद्ध पुर्नस्थापित प्रतिनिधिसभा बैठकमा अविश्वास प्रस्ताव दर्ता नहुने भएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेपछि पहिलोपटक आज संसद बैठक बसदैछ । बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ ।
नेकपाको प्रचण्ड–नेपाल समूह, काँग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आफैंले गरेको प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेका कारण नैतिकताका आधारमा प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । ती दलले प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वास प्रस्तावमार्फत हटाउने तयारी गरेका थिए ।
प्रचण्ड–नेपाल पक्षले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गरे पनि नेताबीहरुबीच सरकारमा सहभागिताबारे समान धारणा बन्न नसक्दा काँग्रेसले ठोस निर्णय लिन सकेको छैन ।
संस्थापन इतर पक्षले प्रधानमन्त्रीबाट केपी ओलीको बहिर्गन जरुरी भए पनि जनादेशअनुसार काँग्रेस प्रतिपक्षमै रहनुपर्ने बताएको छ । काँग्रेसले निर्णय गर्न ढिलाइ गरेका कारण अविश्वास प्रस्ताव दर्ता नहुने नेकपाका एक सांसदले जानकारी दिए । सांसद अमनलाल मोदीले आज आफूहरुको तर्फबाट अविश्वास प्रस्ताव दर्ता हुने सम्भावना नरहेको जानकारी दिए । ‘केही तयारी बाँकी रहेकाले आज अविश्वास प्रस्ताव दर्ता हुँदैन’, मोदीले भने ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेकै दिन प्रचण्ड–नेपाल पक्षले संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको थियो । तर, काँग्रेस र जसपासँग मिलेर जाने भन्दै उक्त समूहले तत्काल अविश्वास प्रस्ताव अघि बढाउन चाहेको छैन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३