काठमाडौं – पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज अपरान्ह ३ बजे बस्ने भएको छ। यसअघि विहान ११ बजे बैठक बस्ने भनिएको थियो । तर, कानूनविद्हरुसँग छलफल गर्नुपरेकोले ११ बजेको बैठक ३ बजे सरेको जनाईएको छ । आज विहान कानूनविद्हरुसँगको छलफलपछि दाहाल–नेपाल समूह सर्वोच्च अदालतको फैसलाको पूनरावलोकनमा जाने भएको छ । त्यसको लागि स्थायी कमिटीबाट निर्णय गराउने एक नेताले जनाए ।
तर, अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएको छ। यसले सबैभन्दा बढि मार माधव कुमार नेपाल पक्षलाई परेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले त सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै कार्यान्व्यन गर्ने जनाईसकेका छन् । उनले छिट्टै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बोलाउनेपनि स्पष्ट पारेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३