काठमाडौं – सर्वोच्च अदालतको पछिल्लो निर्णयसँगै नेताहरू छलफलमा व्यस्त छन्। प्रचण्ड-नेपाल समूहले आज दिउँसो स्थायी कमिटि बैठक बोलाएको छ। त्यसभन्दा अगाडि सर्वोच्च अदालतको फैसलाबारे कुरा गर्न माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन्।
नयाँ बानेश्वरमा भइरहेको छलफलपछि उनीहरू स्थायी कमिटि बैठकका लागि पेरिसडाँडा जाने भएका छन्।
जारी छलफलमा पछिल्लो राजनीतिक अवस्थाबारे अब कसरी अगाडि बढ्ने भन्नेबारे कुराकानी भइरहेको सहभागी एक नेताले जानकारी दिए।
दिउँसो तीन बजेका लागि बैठक समय सारिएको छ। यसअघि बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३