कृष्णा यादव, बीरगंज – पर्सा प्रहरीले तस्करीमा कडाई गरेपछी अहिले बाराको मुशहर्वा वलिमपुर, बरैनिया, छतवा, नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा ब्यापक रुपमा तस्करी भईरहेको छ ।
केहि दिन अघि मात्र पर्सा प्रहरी प्रमुख उपरीक्षक बेल बहादुर पाण्डेको कमाणडमा रहेको टोलीले पर्सामा कडाई गरेपछि तस्करहरु पर्सा नाका छाडेर बाराको बिभिन्न नाकाहरुबाट तस्करी गर्दै आएको स्थानियहरुले बताएका छन् ।
तस्करहरुले अहिले बाराको मुशहर्वामा रहेको सशस्त्र प्रहरीको बिओपी प्रमुख अमबिर खत्री र नेपाल प्रहरीको चौकीका प्रहरीहरुलाई नजराना दिएर दैनिक ५० लाख रुपैया भन्दा बढीको भन्सार छलेर अवैध रुपमा लत्ता कपडा, हाडयेवर, जुता, गाई भैसी भित्रयाउने गरेका छन् । हिजो राति बलिरामपुर र मुशहर्वाका केहि व्यापारीहरुले १०० गोटा सशस्त्र प्रहरी र नेपाल प्रहरीले प्रति गाई , भैसीको ५०० दरले नेपाल भित्राएको स्थानियले नाम उल्लेख नगर्ने शर्तमा बताए ।
अहिले बाराको बलिरामपुर मुशहर्वा नाकाबाट दैनिक रातको समयमा भारतबाट लत्ता कपडा , हाडयेवर , गाई , भैसी लगायतका लाखौ रुपैया बराबरको सामानहरु तस्करहरुले अबैध रुपमा त्रियाउने गरे पनि बारा जिल्लाका नाकाहरुमा बसेका सशस्त्र प्रहरी र नेपाल प्रहरी रकम बुझेर आखामा पटटी बाधेर बस्ने गरेका छन् ।
बारा जिल्लाको बलिरामपुर , मुसहरवा , छतवा नाकावाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा ब्यापक रूपमा तस्करी भईरहेको स्थानीयहरु बताउछन् । तस्करहरुले उक्त नाकाबाट दैनिक रुपमा गाई , भैसी सुर्ती, राजनिवास, रजनीगंधा, लत्ताकपडा , कुखुराको चल्ला , हाडयेवर लागाएतको सामाग्री तस्करी गरिरहेको छन्।
पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक पाण्डेले पर्सा जिल्लामा अबैध रुपमा भित्रिने गरेको तस्करीमा कडाई गरेपछि हाल पर्सा र बारा जिल्लाका तस्करहरु बाराको बलिरामपुर नाकामा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी शुरु गरेका छन्। यस्ता कार्यले सरकारलाई दैनिक रुपमा लाखौं रुपैया राजश्व घाटा हुदै आएको छ ।
तस्करहरु बाराको बलीरामपुर र मुशर्हवाको नहरको बाटो हुँदै ईटियाहीको बाटो प्रयोग गर्दै बारा जिल्लाको परवानीपुरबाट दैनिक लाखौं रुपैया कपडा , हाडयेवरको, गाई भैसी तस्करहरुले जितपुर सम्म पुर्याउने गरेको स्थानियहरुले जानकारी दिए ।
सशस्त्र प्रहरी बल २ नम्बर प्रदेश प्रमुख चन्द्रप्रकास गौतमको आगमन पछि २ नम्बर प्रदेश भित्र रहेको जिल्लाहरुमा तस्करी कम भए पनि बारा जिल्लाको बलिरामपुरबाट व्यापकरुपमा तस्करी भईरहेको छ। डिआईजी गौतमले तस्करी नियन्त्रणको लागि सिमानाकामा सिसिक्यामारा जडान गरेपनि अहिले चोर बाटो प्रयोग गर्दै गौतमको निर्देशन विपरीत सशस्त्र प्रहरी निरीक्षक खत्रीले तस्करसंग मिलेमतो गरेको भिडियो प्रमाण भेटिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३