काठमाडौँ – नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
सम्भवतः आज बस्ने सो पार्टी स्थायी समितिको बैठकले सरकारलाई दिएको समर्थन पिर्ता लिने सम्भावना छ । सर्वोच्च अदालतले नेकपा एकीकरण खारेज गरेपछि पूर्ववत रुपमा ब्युँतिएको माओवादी केन्द्रले काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग सत्ता सहकार्यको प्रस्ताव अघि सारेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटेका थिए । भेटमा प्रचण्डले देउवालाई प्रधानमन्त्री अफर गरेका थिए ।
जवाफमा देउवाले आफू प्रधानमन्त्रीका लागि तयार भए पनि पहिला ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन प्रचण्डलाई आग्रह गरेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३