वीरगंज, कृष्णा यादव – वीरगंज भन्सार कार्यालय (आईसीपी) का कर्मचारी र भन्सार एजेन्टको मिलोमतोमा व्यापक राजस्व चुहावट भैरहेको छ।
भन्सार कार्यालयका कर्मचारी र भन्सार एजेन्टको मिलोमतोमा सामानहरुको मुल्यांङकन कम गरी जासपास गर्दै राजशव चुहावाट भैरहेको हो।
करिब एक वर्षदेखी कोरोना महामारीको कारण देखाउदै भन्सारका कर्मचारी र एजेन्टको मिलोमतोमा भारत लगायत विभिन्न देशवाट आएका मालसामानहरुमा भन्सारका कर्मचारीहरुले मुल्यांङकन कम गरी जाचपास गर्ने र बाकी रकम एजेन्ट र भन्सार कर्मचारीहरुले बाडफाँड गर्ने गरेको श्रोतले जानकारी दिएको छ।
भारतवाट नेपाल आउने सामानहरु जुन सबभन्दा बढी भन्सार लागने लत्ताकपडा , स्टिलका भाडाकुडा ,कस्मेटिक , ईलेकट्रोनिक सामानहरुको मुल्याङकन कम गरि एजेन्ट मार्फत लाखौं रुपैया भन्सारको कर्मचारीहरुले लिएर सरकारको राजशव चुहावट गर्दासमेत भन्सार प्रमुखहरु बेखबर बने जस्तै रहने गरेका छन्।
भन्सार कर्मचारीहरुले जाचपास हुने गाडीहरु वाटमालसामानहरु मुल्यांङकन कम गरे वापत प्रति ट्रकको ५० हजार देखि १ लाख रुपैयासम्म घुस रकम लिने गरेका छन् ।
भन्सार एजेन्टहरु मार्फत मालसामान जाचपास गर्ने जाचकीहरुले लिएको अवैध रकम भन्साार कार्यालयका सम्पुर्ण कर्मचारीहरुले भागवण्डा पाउने गरेका छन् ।
भन्सार कर्मचारी र एजेन्टको मिलोमतोमा हुने राजशव चुहावटको कारणले गर्दे करिब ६ महिनादेखि वीरगंज भन्सार कार्यालयको राजशवको लक्ष्यमा कमी हुने गरेको भन्सार कार्यालको तथ्यांकले प्रष्ट देखाएको छ।
विगतमा भन्सार कार्यालयवाट जाचपास भइ छुटेको गाडिहरुलाई राजश्व अनुसन्धान कार्यालय पथलैयाले धमाधम पक्राउ गरि जाचपास भन्दा बढी गाडी भित्र रहेको करिब १ करोड भन्दा बढीको सामानहरु नियन्त्रणमा लिदै विभिन्न व्यापारीहरुलाई कारवाही गरेकोले पनि प्रष्ट हुन्छ, वीरगंज भन्सार भित्रैबाट तस्करी र राजशव चुहावट भै रहेको छ । यस तर्फ सम्बन्धित निकाय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यान जान जरुरी देखिएको छ नत्र सरकार कंगाल – व्यापारी , भन्सार कर्मचारी र एजेन्ट मालामाल हुने क्रम जारि नै रहने देखिन्छ ।
।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३