काठमाडौं – मेलम्चीको पानी अबको तीन दिनपछि काठमाडौंका घरघरमा आउने भएको छ । आयोजना सुरु भएको २२ वर्षपछि मेलम्चीको पानी काठमाडौंका धारा–धारामा पठाउन लागिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
मेलम्चीको पानी गएको फागुन २२ गते काठमाडौंको सुन्दरीजलमा झारिएको थियो । आयोजनाका अनुसार यही चैत १५ गतेदेखि पानी परीक्षणका रूपमा घरका धारा–धारामा पुर्याइने भएको हो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रवक्ता प्रकाशकुमार राई काठमाडौंका धारामा पुरानै पाइपलाइनबाट पानी पठाउने तयारी रहेको बताउँछन् । ‘‘हामीले पहिलो साता साढे आठ करोड र त्यसपछि साढे आठ करोड लिटर गरी १७ करोड लिटर धारामा पठाउनेछौँ,” उनले भने, ‘‘अहिलेसम्म ८० हजार धारामा पाइपलाइन जडान गरिएको छ । कुल एक लाख १० हजार धारामा पानी जोड्ने लक्ष्य थियो । अझै तीस हजार धारामा पाइपलाइन जडान गर्न बाँकी छ ।”
मेलम्चीको पानी वितरणका लागि नयाँ पाइप बिच्छ्याइए पनि त्यसको परीक्षण नभएको उनले बताए । ‘‘खानेपानी वितरणका लागि अन्तिम परीक्षण बाँकी छ । पुरानै पाइपबाट पानी पठाइनेछ । पुराना पाइपबाट पठाइएको पानी चुहावट भएर सडक हिलाम्य हुन दिने छैनौँ । त्यसपछि नयाँ पाइप परीक्षणका लागि १० प्रतिशत पानी पठाइनेछ । परीक्षण अवधि करिब तीन महिना रहनेछ,” उनले भने ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३