काठमाडौं – नेकपा (एमाले) का नेता माधव कुमार नेपालले काँस्कीमा आफू पक्षीय कमिटीको घोषणा गरेका छन् । उनले आफूलाई देशभरिका नेता तथा कार्यकर्ताको दरिलो साथ रहेको भन्दै अब केन्द्रमा पनि छिट्टै छुट्टै कमिटी घोषणा गर्ने जनाए । उनले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर केन्द्रमा नयाँ कमिटी गठन गर्ने घोषणा पनि गरे ।
आज (बिहीबार) बिहान कास्कीमा आफू पक्षीय कमिटीको घोषणा गर्दै नेपालले यस्तो बताएका हुन् । उनले आफू केपी ओलीको कारबाहीबाट नडराएको भन्दै खुट्टा कमाएर नभाग्ने र नडग्ने पनि बताए । नेता नेपालले हिजोमात्रै काठमाडौंमा आफू पक्षीय युवा संघको कार्यालयको उद्घाटन गरेका थिए । उक्त अवसरमा नेता नेपालले नेता तथा कार्यकर्तालाई पार्टी कार्यालय राख्नको लागि घर हेर्नपनि आग्रह गरेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३