काठमाडौं – नेकपा (एमाले) ले पार्टीका नेताहरु घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पनि ६ महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको छ । यसअघि पार्टीले वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि साधारणसदस्यमेत नरहनेगरि निलम्बन गरेको थियो ।
यी चारै जना नेताहरुलाई अध्यक्ष केपी शर्मा ओलीले यसअघि स्पष्टीकरण सोधेका थिए । नेताहरुको स्पष्टीकरणत्रको जवाफ पाएलगत्तै उनले यस्तो कारबाही गरेका हुन् । चारै जना नेताहरुलाई ६ महिनासम्मपनि नसुध्रिए थप कडा कारबाही गरिने चेतावनी दिईएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३