काठमाडौँ – मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना गर्ने भएको छ । काठमाडौं प्रहरीले मुख्य चोकहरुमा कोरोनाभाइरस सम्बन्धी सचेतना कार्यक्रम शुरु गरेको छ ।
सोमबार जोरपाटी, महाराजगञ्ज, नयाँ बानेश्वर र रत्नपार्कसहित १४ ठाउँमा डिएसपी नेतृत्वको टोलीले माइकिङ गरेर कोरोनाबाट जोगिन सचेतना अपनाउन आग्रह गरेको छ ।
पहिलो चरणमा सचेतना अभियान शुरु गरेको प्रहरीले दोस्रो चरणमा सार्वजनिक ठाउँमा गौशाला चोकमा माइकिङ गर्दै महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी जितेन्द्र बस्नेतले भने, ‘अब, मास्क नलगाई हिँडे जरिवाना गर्छौं ।’
पहिले सचेत गराएपछि जरिवाना गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए । ‘अहिले सचेतना गराएका छौं’, प्रजिअ पराजुलीले भने, ‘जनतालाई सचेत गराएपछि अनि, हामी जरिवानामा जान्छौं ।’
संक्रामक रोग ऐन–०२० अनुसार रोग फैलनबाट रोक्न सिडिओलाई जरिवाना गर्ने अधिकार छ । गृह मन्त्रालयले सचेतना कार्यक्रम गर्न देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएसँगै महानगरीय प्रहरी परिसर काठमाडौंले सो कार्यक्रम गरेको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३