काठमाडौं – जनता समाजवादी पार्टीभित्र विवाद चर्कदै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यक्ष महन्थ ठाकुर नजिकिएपछि अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई असन्तुष्ट बनेका हुन् ।
पछिल्लो समय ठाकुर ओलीसँग नजिकिएका छन् । उनले ओलीसँगै वार्ता भइरहेको भन्दै सत्ता समिकरणको प्रस्तावलाई समेत बेवास्ता गर्दै आएका छन् ।
उपेन्द्र यादव र बाबुराम भट्ट भने ओलीलाई जतिसक्दो छिटो सत्ताबाट हटाउनुपर्नेमा जोड दिदै आएका छन् । उनीहरु अभियानमै सक्रिय छन् । ठाकुर भने ओलीसँगै समिकरण बनाएर जाने पक्षमा देखिएका छन् ।
ठाकुरको कार्यशैलीबाट यादव र भट्टराई असन्तुष्ट बन्दा दूरी बढेको छ । बबरमहलस्थित महन्थ ठाकुरको सम्पर्क कार्यालयमा यादव र भट्टराई जान छाडेका छन् । बालकुमारीस्थित पार्टी कार्यालयमा ठाकुर जाँदैछन् ।
ठाकुरको पक्षमा राजेन्द्र महतोलगायतका नेताहरु छन् । उनले पछिल्लो समय चालेको रणनीतिलाई प्रधानमन्त्रीको दाबीसँग पनि जोडेर हेरिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३