काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा मन्त्री रहेका माओवादी केन्द्रका चार जनाको सांसद पद आज गुम्ने भएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले उनीहरू सांसद नभएको सूचना आज बस्ने प्रतिनिधि सभा बैठकमा सुनाउने भएका छन्। प्रतिनिधि सभा बैठक अहिले दिउँसो १ बजे बस्दै छ।
संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले उनीहरूलाई सांसदबाट हटाउन पठाएको पत्रमा छलफल भएको थियो। सोही बैठकमा उनीहरूलाई सांसदबाट हटाएको सूचना आज जारी गर्ने तय भएको हो।
यसअघि गत मंगलबार माओवादी केन्द्रले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको थियो।
२०७४ सालको चुनावमा माओवादी केन्द्रबाट चुनाव जितेका उनीहरू तत्कालीन नेकपामा विवाद उत्कर्षमा पुगेका बेला ओली समूहमा लागेका थिए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३