काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल भएका छन् । आज प्रदेश सभामा भएको मतदानमा उनको पक्षमा बहुमत पुगेपछि विश्वासको मत लिन सफल भएका हुन् ।
मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको थियो । विपक्षमा १७ मत पर्न सक्यो । शाहीको पक्षमा माओवादी केन्द्र र नेपाली काँग्रेसले मतदान गरे । नेकपा एमालेका १७ सांसदले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गरे । ४ जना सांसदले फ्लोर क्रस गरेका थिए ।
कुल ३९ जना बहालवाला प्रदेश सदस्य रहेको कर्णाली प्रदेशमा नेकपा एमालेको सभामुखसहित २०, नेकपा माओवादी केन्द्रको १२, नेपाली काँग्रेसको ६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ सांसद छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३