काठमाडौं – न त राजीनामा दिएको अवस्था हो न त दल त्याग गरेको अवस्था हो । न त सदनलाई सूचना नदिई लगातार दश वटा बैठकमा अनुपस्थित रहेको अवस्था हो । यी कुनै अवस्था नरहेमा सांसद पदबाट मुक्त गर्न संविधानले दिदैन । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित २७ जनालाई सांसद पदबाट मुक्त गर्न प्रक्रिया बढाएका छन् । त्यसका लागि स्पष्टिकरण सोधिसकेका छन् ।
संविधानको धारा ८९ मा स्पष्ट रुपमा संघीय संसद सदस्यको स्थान रिक्त हुने ६ वटा प्रावधान राखिएको छ ।उक्त धाराको ख मा धारा ८७ बमोजिमको योग्यता नभएमा वा नरहेमा सांसद पद रिक्त हुने व्यवस्था पनि छ । यही उपधारा टेकेर माधव नेपाललाई सांसदबाट पदमुक्त गर्न खोजिएको बुझिन्छ ।
धारा ८७ ले ५ वटा व्यवस्था राखेर सांसद हुने योग्यता उल्लेख गरेको छ । योबाहेकको अवस्थामा सांसद पद रिक्त हुन्छ । माधव नेपालसहित २७ जना नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय पाएको, लाभको पदमा बहाल रहेको अवस्था छैन । यसकारण पनि उनीहरुको सांसद पद रिक्त हुने कानुन कमजोर छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३