काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १९१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १५६७, भक्तपुरमा १२२ र ललितपुरमा २२३ जनामा गरी कुल १९१२ जना थपिएको जानकारी दिएका हुन् ।
यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी १४९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
सोमबार थपिएका संक्रमितमध्ये यस्तै बाँकेमा ३०७, मोरङमा १३४, पर्सामा ९८, चितवनमा ९६ तथा रुपन्देहीमा ९५ जना संक्रमित थपिएका छन् ।
यसैगरी कास्कीमा ६२, झापामा ४३, सुनसरीमा ४२, कञ्चनपुरमा ४१, पाल्पामा ३४, मकवानपुर र बैतडीमा ३२/३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३