काठमाडौं – गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दिपक मनाङ मन्त्री बन्ने भएका छन् । उनलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्री बनाउने आश्वासन दिएका हुन् ।
मन्त्री बन्ने आश्वासन पाएपछि गुरुङले मुख्यमन्त्री पृथ्वी सुब्बाविरुद्धको अविश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने तय गरेको बुझिएको छ । उनी यसअघि अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने टुंगोमा पुगेका थिए ।
गुरुङको मत निर्णायक हुने भएपछि काठमाडौंबाट पनि शिर्ष नेताहरुले विभिन्न आश्वासनसहित फोन गरेका थिए । अन्तमा गुरुङ प्रधानमन्त्री ओली निकट पृथ्वी सुब्बा गुरुङबाट कन्भिन्स भएका थिए ।
मनाङे मुख्यमन्त्री गुरुङको पद जोगिएमा मन्त्री बन्ने पक्कापक्की भएको छ । अहिले उनी पनि मुख्यमन्त्री गुरुङको पक्षमा माहोल बनाउन सक्रिय भएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३