काठमाडौँ – नेकपा एमालेले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुन लागेको नेता सत्यनारायण मण्डलले जानकारी दिए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आजै राजीनामा दिएका थिए । पोखरेलले राजीनामा दिएपछि आफ्नै नेतृत्वमा बहुमतको एकल सरकार गठनका दावी पेश गरेका थिए । सो लगत्तै प्रदेशको विशेष अधिवेशन समेत अन्त्य गरेका पोखरेल अल्पमतमा परेका छन् ।
नेकपाबाट निर्वाचित प्रदेश सांसद विमला वली माओवादी केन्द्रमा प्रवेश गरेसँगै पोखरेलले बहुमत गुमाएका हुन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३