काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिट्टै विश्वासको मत लिने तयारी गरेकोबारे मन्त्रीहरुलाई ब्रिफिङ गरेका छन् । आज सँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । एक मन्त्रीले दिएको जानकारीअनुसार नीति तथा कार्यक्रम ल्याउनुभन्दा पहिले र बजेट ल्याउनुभन्दा पहिले आफूले विश्वासको मत लिने तयारी गरेको सुनाएका थिए ।
ओली बैशाख ३० गते राति संविधानको धारा ७६ को ३ अनुसार सबभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका हुन् । अब उनले एक महिनाभित्र संसद्मा विश्वासको मत लिनुपर्ने संवैधानिक विश्वास छ । प्रधानमन्त्रीले विश्वासको मत लिनको लागि जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग नियमित छलफल गरिरहेका छन् ।
तर, ठाकुर पक्षले भने आफूहरु यसअघिझैं तटस्थ बस्ने जनाएको छ । विश्वासको मत नपाए संसद् विघटन गरेर नयाँ निर्वाचनमा मुलुकलाई डोर्याउने प्रधानमन्त्रीको तयारी छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३