काठमाडौं – राष्ट्रियसभाको उपनिर्वाचन सकिएको छ । जसमा ३३८ मत खसेको छ । त्यस्तै ९ मतदाता अनुपस्थित रहेका छन् । मतदानको समय बिहीबार दिउँसो ३ बजेसममका लागि मात्रै तोकिएको थियो । सो समयमा बाग्मती प्रदेशका भित्रका ३३८ मतदाताले मतदान गरेको बताइएको छ ।
राष्ट्रियसभाको यो उपनिवार्वचनमा नेकपा एमालेका उम्मेदवार एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका खिमलाल देवकोटाबीच कडा प्रतिस्पर्धा हुने भएको देखिन्छ ।
नेकपा एमालेले ‘बादल’लाई भोट दिन ह्वीप गरेपनि माधव नेपाल निकट केही मतदाताहरुले ह्वीप उल्ल्घंन गर्दै देवकोटालाई भोट दिएको बताइएको छ । बादललाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि भोट दिने प्रतिबद्धता दिएको थियो । उता देवकोटालाई भने नपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले भोट दिने बताएको थियो ।
नेपाल मजदुर किसान पार्टी तर्फबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका थिए । त्यस्तै विवेकशील साझा पार्टीका मतदाताहरुले भने ‘नो भोट’ भन्दै कुनै पनि उम्मेदवारलाई भोट दिएका छैनन् ।
हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा मतदान भएको थियो । उप निर्वाचनको मत परिणाम आजै भर्चुअल माध्यम मार्फत सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाइसकेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३