काठमाडौँ – परराष्ट्रमन्त्री एवं नेकपा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले एमालेकै सांसदहरुको कारण मुलुक मध्यावधि निर्वाचनमा गएको बताएका छन् ।
मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचन घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
बैठकपछिको कुराकानीमा मन्त्री ज्ञवालीले एमालेकै सांसदहरुले शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका कारण मुलुक मध्यावधितर्फ गएको बताएका हुन् ।
‘अनिवार्य रुपमा मध्यावधिमा जानु थियो । यो कुरा राष्ट्रपतिको पत्रले नै प्रस्ट पारेको थियो । संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्री बन्न दिनु भएन साथीहरुले । यदि हाम्रा साथीहरुले उता हस्ताक्षर नगरेको भए महन्थजीको दलका १२ जनाले अन्त हस्ताक्षर गरे पनि फरक पर्दैनथ्यो,’ मन्त्री ज्ञवालीले भने, ‘हाम्रो १२१ र महन्थजीहरुको २० जना रहँदा संसद जोगिन्थ्यो । विश्वासको मत प्राप्त हुने वातावरण हुन्थ्यो । संसदले पूर्ण कार्यकाल बिताउन पाउँथ्यो । हाम्रै साथीहरुको कारणले गर्दा मुलुक मध्यावधिमा गयो ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३