काठमाडौँ – वरिष्ठ नेता माधवकुमार नेपालसहितका ११ जना नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन् ।
शनिबार बसेको एमाले स्थायी समिति बैठकले शुक्रबार प्रधानमन्त्री पदका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले पेश गरेको दावीमा हस्ताक्षर गरेको भन्दै नेता नेपालसहित उनी पक्षका ११ जना सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।
नेता भीम रावलले स्पष्टीकरणको जवाफ दिन जरुरी नभएकाले आफ्नो समूह नदिने निष्कर्षमा पुगेको बताए । ओली आफै अवैधानिक भैसकेकाले उनले सोधेको स्पष्टीकरणको कुनै अर्थसमेत नभएकाले जवाफ दिन जरुरी नठानेको रावलको भनाइ छ ।
‘पार्टी एकताको कुरा भइरहेका बेलामा संविधानको धारा ४ पनि उल्लंघन गर्ने, ५ पनि उल्लंघन गर्ने, प्रतिनिधिसभा विघटन गर्ने र हामीलाई फेरि स्पष्टीकरण सोध्ने केपी ओलीको यो निरंकुश स्वेच्छाचारी, पार्टी विधान र कानुनविपरितको कामलाई पूर्णरुपमा हामी अस्वीकार गर्छौ’, नेता राववलले ओलीमाथि प्रश्न गरे, ‘के यो एमाले पार्टी ओलीको आफ्नो कम्पनी हो ? वपौती हो ?
उनले एमाले पार्टी ओलीको वपौती या कम्पनी हुन नसक्ने भन्दै पटकपटक स्पष्टिकरण सोधेपछि त्रसित होलान्, भ्रम सिर्जना होला र अरु पनि डराउलान् भनेर पठाएका कथित पत्रको कुनै औचित्य नभएकाले अस्वीकार गर्ने निर्णयमा पुगेको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३