काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रा.डा जागेश्वर गौतमलाई प्रवक्ताबाट हटाइएको छ । सोमबारको मन्त्रीस्तरीय निर्णयबाट गौतमलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएर वीर अस्पतालको प्रमुखको जिम्मेवारी दिइएको हो ।
यसअघि गौतम स्वास्थ्य मन्त्रालयको प्रवक्ताका साथै थापाथली प्रसुती अस्पतालको प्रमुख थिए । गौतमलाई युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीका रुपमा पठाइएको बताइएको छ ।
गौतमको ठाउँमा मन्त्रालयको नयाँ प्रवक्ता भने तोकिएको छैन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३