काठमाडौं – प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि सुनुवाईका लागि प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा उनीसहित पाँचजना न्यायाधीश छन् ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ तोकिएका छन् ।
अब प्रतिनिधि सभा विघटन र बहुमतको प्रधानमन्त्री शेरबहादुर देउवालाई नबनाएको विषयमाथि संवैधानिक इजलाशमा सुनुवाई भई किनारा लाग्नेछ ।
संविधानको धारा १३७ को उपधारा ३ मा ‘कुनै मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएमा त्यस्तो मुद्दा’ संवैधानिक इजलासले हेर्ने गरी प्रधानन्यायाधीशले तोक्न सक्ने व्यवस्था छ । संवैधानिक इजलासबाट सुनुवाइ भई प्रतिनिधि सभा विघटनविरुद्ध अन्तरिम आदेश दिने–नदिनेसम्बन्धी निर्णय हुनेछ ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेका अन्य न्यायाधीश रहने प्रावधान छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३