काठमाडौं – नेकपा एमालेबाट निष्कासित माधव नेपाल पक्षले आज केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
देश र पार्टीको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको नेपाल पक्षका एक नेताले जानकारी दिए ।
बैठक आज दिउँसो १ बजे भर्चुअल रुपमा बस्नेछ । केही नेता पार्टीलाई जेठ २ मा फर्काउन संस्थापन पक्षसंग वार्तामा रहेको भनिएका बेला नेपाल पक्ष भित्रै दुई धार देखिन थालेको छ ।
हिजो भएको नेपाल पक्षका जनवर्गिय संगठनका अधिकांश नेतृत्वले अलग पार्टी खोल्न दवाव दिएका थिए ।
आज बोलाईएको केन्द्रीय कमिटीबाट यसबारे औपचारिक निर्णय लिने बुझिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३