न्यूरोडबाट १५ जना जुवाडे जुवा खेलिरहेको अवस्थामा पक्राउ (फोटो फिचर)

काठमाडौं – काठमाडौँको न्यूरोडबाट प्रहरीले १५ जना जुवाडेलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त जनसेवाका अनुसार नियन्त्रणमा लिने क्रममा एक जना भने घर माथिबाट फाल हाल्दा घाइते भएका छन्। केही मानिस भागेकाले खोजी समेत भइरहेको प्रहरीले जानकारी दिएको छ।

उनीहरूको साथबाट प्रहरीले १३ लाख रुपैयाँ नगद समेत बरामद गरेको जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

फोटो : अनुप प्रधान

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार