काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले विश्वासको मत लिएका छन् । उनले नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल खेमाका सांसदहरुको मत पाएका थिए ।
विश्वासको मतको पक्षमा ३०, विपक्षमा ९ र तटस्थ १२ जना भए । विश्वासको मतको पक्षमा माओवादी केन्द्रका १३ र नेकपा एमालेको नेपाल खेमाका १७ मत परेको थियो ।
विपक्षमा ९ र तटस्थ १२ जना भए । नेपाली काँग्रेस तटस्थ रह्यो । एमालेको ओली खेमाका ७ र जसपाको २ मत विपक्षमा परेको थियो ।
५२ सदस्यीय सुदूरपश्चिम प्रदेशमा भट्टले विश्वासको मत लिएपछि उनको सरकार जोगिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३