काठमाडौं – नेकपा (माओवादी केन्द्र) त्यागेर नेकपा (एमाले) प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ ले आफ्नी श्रीमती नैनकला थापालाई मन्त्री बनाएका छन् । अदालतको फैसलाले गृहमन्त्रीबाट बाहिरिएका बादल अन्ततः आफ्नी श्रीमतीलाई मन्त्री बनाउन सफल भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निकट सम्बन्धकै कारण बादलले आफ्नो खेमाबाट मन्त्री बन्न योग्य नेताहरुलाई पन्छाएर श्रीमतीलाई नै मन्त्री बनाएका हुन् । प्रधानमन्त्री ओलीले आज गरेको मन्त्रिपरिषद् विस्तारमा बादल पत्नी नैनकला सूचना प्रविधि तथा सञ्चारमन्त्री बन्न सफल भएकी हुन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३